३७ लाख ग्राहक भएको राष्ट्रिय वाणिज्य बैंक ५७औं वर्षमा प्रवेश, ३ हजार ७५२ लाई रोजगारी

४ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक ५७औं वर्षमा प्रवेश गरेको छ । बैंक बिं.स. २०२२ माघ १० गते आजकै दिन स्थापना भएको थियो । बैंक सरकारी लगानीमा स्थापना भएको बैंक हो । 

पुस मसान्तसम्म बैंकको कुल निक्षेप २४४ अर्ब रहेको छ । त्यस्तै कुल कर्जा २१३ अर्ब प्रवाह भएको छ । बैंकको कुल कारोबारको ६५ प्रतिशत कारोबार डिजिटल प्रविधिबाट हुने गरेको छ । 

यसअघि लकडाउनको बेला ७५ प्रतिशतसम्म कारोबार डिजिटलबाट भएको थियो । राष्ट्रिय वाणिज्य बैंकसँग अहिले साढे ५ लाख डेबिट कार्ड प्रयोगकर्ता रहेका छन् ।

बैंकले डबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, पीओएस, ब्रान्चलेस बैंकिङ लगायतका डिजिटल सेवा प्रदान गर्दै आएको छ । साथै नेपाल टेलिकमसँग मिलेर बैंकले नमस्ते पे वालेट समेत सञ्चालनमा ल्याएको छ ।

बैंकका देशभर २५८ शाखा कार्यालय रहेका छन् भने २४५ एटिएम रहेका छन् । बैंकले ३ हजार ७५२ जनालाई रोजगारी दिएको छ । बैंकका ३७ लाख ग्राहक छन् । बैंकले डिजिटल बैंकिङलाई प्राथमितामा राखेको छ । जस कारण बैंकका १४ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया