काठमाडौं–कर्मचारी समायोजनाको गम्भीर असर यस वर्षको एसइइ परीक्षामा पर्ने देखिएको छ । सामायोजनका लागि आवेदन दिएका कर्मचारी अन्यत्र जाने भएपछि परीक्षामा समस्या पर्न थालेको हो ।
समायोजनको चर्चासँगै कर्मचारी अलमल पर्दा कति विद्यार्थीले कुन विषयमा परीक्षा दिने हो भन्ने विषयमा अहिलेसम्म कुनै तथ्यांक तयार हुनसकेको छैन । अधिकांश कर्मचारीले समायोजना फारम भरेर अन्यत्र सरुवा हुने सम्भावना देखेपछि राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको प्रकृया पूरा नभएसम्म परीक्षा नियन्त्रण कार्यालयका सबै कर्मचारीलाई यथावत राख्नुपर्ने आवाज उठाएको छ । यसका लागि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई पत्र बुझाइएको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया