काठमाडौं - अब विदेशमा रहेका नेपाली र नेपालमा बसोबास गर्ने विदेशीले समेत क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले आइतबार सूचना जारी गरी क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी भएकाले त्यसमा संलग्न नहुन भन्दै निर्देशन जारी गरेको छ ।
उक्त कारोबारबाट कमाएको धन पनि अवैधानिक हुने भएकाले त्यसो नगर्न राष्ट्र बैंकले आग्रह गरेको हो । बैंकले एक सुचना जारी गर्दै क्रिप्टोकरेन्सीको कारोबारमा रोक लगाएको जानकारी गराएको छ ।
पछिल्ला दिनमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सीरक्रिप्टोकरेन्सीको कारोबार गर्ने तथा तीसँग सम्बद्ध हाइपर फन्ड जस्ता कोषमा लगानी गर्ने र जोसियन, क्राउड वान, सोलम्यास ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्किङमा आबद्ध हुन प्रोत्साहन गर्ने/गराउन गरेको जानकारी प्राप्त भएकाले राष्ट्र बैंकको ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ ।
राष्ट्र बैंकले गत भदौमा निर्देशन जारी गरेर नेपालमा क्रिप्टोकरेन्सीहरूका कारोबार, प्रयोग र माइनिङ जस्ता कार्य नगर्नरनगराउन निर्देशन दिएको थियो । राष्ट्र बैंकले २०७४ साउन ३० मा निर्देशन जारी गरेर नेपालमा बिटक्वाइनको कारोबारमा बन्देज गरेको थियो ।
पछिल्ला वर्षमा विभिन्न नाममा बिटक्वाइन जस्तै प्रकृतिका अन्य धेरै करेन्सीको कारोबार भइरहेका छन् ।
प्रतिक्रिया