प्रतिशेयर आम्दानी रु.१८.४५ शाइन रेसुंगाको नाफा ३३.५९ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं-शाइन रेसुंगा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३४ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३३.५९ प्रतिशतले बढि हो । 

समीक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी ४१.५३ प्रतिशतले वृद्धि भएको छ भने खुद फि तथा कमिशन आम्दानी १७.७४ प्रतिशतले र सञ्चालन मुनाफा ३४.०८ प्रतिशतले वृद्धि भएको छ । 

यसैगरी समीक्षा अवधिमा बैंकको निष्किृय कर्जा १.२७ प्रतिशतबाट घटेर ०.९८ प्रतिशतमा झरेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २१ करोड ८० लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा सो बैंकको चुक्ता पूँजी १०.९३ प्रतिशतले बढ्दा जगेडा कोष ४.९३ प्रतिशतले घटेको छ । सो अवधिमा बैंकको निक्षेप १२.०२ प्रतिशत र कर्जा १५.४७ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३२ पैसाबाट बढेर १८ रुपैयाँ ४५ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.४४ गुणा रहेको छ भने प्रति शेयर नेटवर्थ १३६ रुपैयाँ ३३ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया