हकप्रद सेयर निष्कासन गर्दै आइएमई जनरल इन्स्योरेन्स, शेयरधनीलाई हकप्रदको पैसा जम्मा आग्रह

४ बर्ष अगाडि

काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चालक र आधारभुत शेयरधनीलाई हकप्रदको पैसा जम्मा गर्न अनुरोध गरेको छ ।

कम्पनीले सर्वसाधारण शेयरधनीहरुका लागि हकप्रद सेयर आवेदन खुल्ला गर्नु पूर्व धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४, को निर्देशन नं. १२(४) बमोजिम सञ्चालक लगायत आधारभुत शेयरधनीहरु (चुक्ता पूँजीको एक प्रतिशत र सोभन्दा बढी शेयर धारण गर्ने शेयरधनीहरु) ले आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद सेयर बापतको रकम बुझाउनु पर्ने व्यवस्था रहेको हुनाले आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद सेयर बापतको रकम फागुन २ गते सोमबारभित्र जम्मा गर्न अनुरोध गरेको हो ।

कम्पनीले १ः०.४० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको वैशाख १२ गते सम्पन्न २३औँ वार्षिक साधारण सभाले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

लगानीकर्ताले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ग्लोबल आइएमई बैंक लिमिटेड, कान्तिपथ, काठमाडौंमा रहेको खाताको नाम Call in Advance र खाता नम्बर ०१०१०१०००५८६० मा रकम जम्मा गर्न सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया