राष्ट्र बैंकले लिबोर खारेजपछि ल्यायो वान इयर बेन्चमार्क कार्यान्वयनमा

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले नयाँ बेन्चमार्क दर (वान इयर बेन्चमार्क) कार्यान्वयनमा ल्याएको छ । बैंकले लण्डन इन्टर बैंक अफर्ड रेट (लिबोर) खारेज भएपछि नयाँ बेन्चमार्क दर (वान इयर बेन्चमार्क) कार्यान्वयनमा ल्याएको हो । 

विदेशी वित्तीय संस्थाबाट नेपालमा बैंक तथा वित्तीय संस्थाले ऋण ल्याउने क्रममा लिबोर दरलाई आधार मानेर ल्याउने गरेका थिए । लिबोर अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले गत जनवरी १ गतेदेखि प्रयोगमा ल्याउन छाडेकाले नेपालले पनि बाध्य भएर नयाँ वैकल्पिक व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले आइतबार निर्देशिका जारी गर्दै लिबोर १.२५ प्रतिशतको सट्टामा वन एअर बेन्चमार्क १.७५ प्रतिशत हुने व्यवस्था गरेको छ । यस अनुसार अमेरिकी डलरमा अंकित नयाँ ऋणका लागि सेक्योर्ड ओभरनाइट फाइनान्सिक रेट (एसओएफआर) प्रयोग गरिने छ । 

यस्तै बिटिस पाउन्डमा लिइएको ऋणमा स्टर्लिङ ओभरनाइट इन्टरब्यांक एभरेज रेट (एसओएनआइए), स्वीस फ्र्यांक अंकित ऋणका लागि स्वीस एभरेज रेट ओभरनाइट (एसएआरओएन) र जापानी ऐनको ऋणका लागि टोकियो ओभरनाइट एभरेज रेट (टीओएनए) र युरो अंकित ऋणका लागि युरो सर्ट टर्म इन्ट्रेस्ट रेट प्रयोग गरिने उल्लेख छ । 

सन् २००८ को आर्थिक मन्दीपछि अल्पकालीन ऋणको बेञ्चमार्कका रूपमा ३६ वर्षदेखि प्रयोग हुँदै आएको लाइबोरबाट बाहिर निस्कन पहल गर्दै आएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया