नेपाल बैंक सञ्चालन मुनाफा घट्दा बढ्यो खुद नाफा, कति पुग्यो प्रतिशेयर आम्दानी ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सञ्चालन मुनाफा घटेको छ भने खुद नाफा बढेको छ ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ६ महिनामा १ अर्ब ४१ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९३ प्रतिशत बढी हो । 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालन मुनाफा घटेपनि १३ करोड २४ लाख रुपैयाँ डिफर्ड ट्याक्स फिर्ता भएपछि बैंकको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६.३६ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने २०.०८ प्रतिशत घटेको छ । 

३८ इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको सञ्चालन मुनाफा घट्न पुगेको हो । पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४१ करोड ३ लाख रुपैयाँ रहेको छ । नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । 

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ रुपैयाँ ३७ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १९ रुपैयाँ ६७ पैसामा झरेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी १४ प्रतिशत बढेको छ भने जगेडा कोष ३.३१ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १२.३० प्रतिशत र कर्जा २०.४५ प्रतिशत बढेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया