काठमाडौं - एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ७१ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
सार्वजनिक विवरण अनुसार उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.०४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६१ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै प्रतिशेयर आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ रुपैयाँ ७० पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १८ रुपैयाँ ९६ पैसामा झरेको छ।
खुद ब्याज आम्दानी घटेपनि खुद फि तथा कमिशन आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ रुपैयाँ ७० पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १८ रुपैयाँ ९६ पैसामा झरेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.३७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४७।०६ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने ५.३८ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको १६ करोड ५४ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ ।
पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८७ करोड ४१ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी १२।५० प्रतिशत बढेको छ भने जगेडा कोष ११.२७ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप १०.४६ प्रतिशत र कर्जा १३.९९ प्रतिशत बढेको छ ।
पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८० पैसा रहेको छ ।
प्रतिक्रिया