एशियन लाईफको बाल भविष्य प्लस जीवन बीमा योजना सार्वजनिक

४ बर्ष अगाडि

काठमाडौं - एशियन लाईफ इन्स्योरेन्सले बाल भविष्य प्लस जीवन बीमा योजना सार्वजनिक गरेको छ । बीमा समितिले जारी गरेको जीवन बीमालेख निर्देशिका २०७८ अन्तर्गतको प्रावधानलाई समेट्दै एशियन लाईफले नयाँ जीवन बीमा योजना ल्याएको हो ।

यस जीवन बीमा योजनामा बच्चा जन्मेदेखि १७ वर्ष उमेर सम्मको बालबालबालिको ५ देखि २५ वर्ष अवधिसम्मको लागी बीमा गर्न सकिन्छ । यसको न्यूनत्तम बीमाङ्क ५० हजारदेखि अधिकतम बीमाङ्क प्रस्तावकको आर्थिक अवस्थाको आधारमा निर्धारण गर्न सकिने सुविधा रहेको छ ।

जोखिम प्रारम्भ भएपछि बीमा अवधीभित्र बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्कको २५ प्रतिशत रकम तत्काल भुक्तानी गरिनेछ । बीमाङ्कको ७५ प्रतिशत रकम व्याज सहित र मृत्यु हुँदा सम्मको आर्जित बोनश एकमुष्ठ रकम बीमा अवधि समाप्ती भएपछि भुक्तानी दिइनेछ ।

त्यसैगरी जोखिम प्रारम्भ हुनु अगावै प्रस्तावकको मृत्यु भएमा र बीमितको कानूनी संरक्षकले बीमालेख रद्द गर्न लिखित अनुरोध गरेमा बीमकले प्राप्त गरेको सम्पूर्ण बीमाशुल्क फिर्ता दिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया