राष्ट्रिय वाणिज्य बैंक प्रबन्धक सहित ५ कर्मचारीमा कोरोना पुष्टि, अत्यावश्यकबाहेक सबै सेवा बन्द

४ बर्ष अगाडि

काठमाडौं - सिरहाको एक बैंकमा कार्यरत ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सदरमुकाम सिरहा नगरपालिकास्थित राष्ट्रिय वाणिज्य बैंक सिरहा शाखामा कार्यरत प्रबन्धक र अन्य ५ कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । 

बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंक का सेवा बन्द गरिएको छ । शाखाले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म अत्यावश्यकबाहेकका सेवा बन्द रहने जनाएको छ । 

नगद जम्मा र नगद भुक्तानीबाहेक मोबाईल बैंकिङ, एटिएममा आईपर्ने समस्या र चेक क्लियरेन्स जस्ता काम भने सञ्चालन हुने बैंकले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया