६ हजार ४६२ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु र सक्रिय संक्रमितको संख्या ७७ हजार नाघ्यो

४ बर्ष अगाडि

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा १७ हजार ४३७ जनामा कोरोना परीक्षण गरिएको थियो। जसमध्ये १३ हजार ३ सय ७७ जनाको पिसिआर परीक्षण गरिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षणबाट ५ हजार ५९८ र एन्टिजेन परीक्षणबाट ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

देशभर ७७ हजार ४० जना कोरोनाका सक्रिय संक्रमित छन्। 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्। यस्तै,१४१६ जना संक्रमणबाट मुक्त भएका छन्। 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ७ सय ९१  जना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, भक्तपुरमा ३२१ र ललितपुरमा ६०२ संक्रमित थपिएका छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया