सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ सेवाको सञ्चालन

४ बर्ष अगाडि

काठमाडौं- सनराइज बैंक लिमिटेडले माघ ७ शुक्रबार  प्रदेश ३ को रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १४ फुलासीमा ८४ औँ शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ। 

यसका साथै शनिबार बैंकले प्रदेश १ को ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवीमा ८५ औँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। 

ती शाखारहित बैंकिङ सेवाहरु सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८५ पुगेको छ। बैंकले सेवा सञ्चालनका लागि फुलासीका बसन्तकुमार लामा र कुन्तादेवीका लालप्रसाद ढकाललाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ। 

ती शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध गराइने बताएको छ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १६१ वटा एटीएम र ८५ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया