काठमाडौं, कोरोनाको बढ्दो संक्रमणसंगै अमेरिकाको शेयर बजारमा लगातार तेश्रो साता पनि भारी गिरावट देखिएको छ । नेस्डेक कम्पोजिट सूचक र एसएण्डपी ५०० का लागि मार्च २०२० पछिको सबैभन्दा गिरावट भएको साता थियो ।
शुक्रबार नेस्डेक सूचकमा २.७ प्रतिशतको र एसएण्डपी ५०० मा १.८९ प्रतिशतको गिरावट देखिएको थियो । यस साता नेस्डेक कम्पोजिट सूचकमा ७.५५ प्रतिशतले र एसएण्डपी ५०० सूचकमा ५.७ प्रतिशतले घट्यो ।
दुई महिनाअघि उच्च स्तरमा पुुगेको नेटफ्लिक्सको शेयर पनि ४१ प्रतिशतले गिरावट भएको छ । सब्सक्राइबर थारै मत्रामा बढेको भन्दै यसको शेयरमूल्य घटेको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । नोभेम्बरमा ७०० डलर रहेको यसको शेयरमूल्य शुक्रबार ४०० डलरमा झर्यो । २०२१सम्ममा नेटफ्लिक्सको २२१.८ मिलियन सब्सक्राइबर रहेका थिए ।
अमेरिकासँगै यूरोपमा स्टक्स यूरोप ६०० पनि १.८ प्रतिशतले घट्यो । यसकासाथै चीनको शांघाई कम्पोजिट सूचक र जापानको निक्केईमा पनि गिरावट देखियो ।
भारतीय शेयर बजारमा पनि निरन्तर चौथो दिन पनि गिरावट देखिएको थियो । शुक्रबार बम्बई स्टक एक्सचेन्जको सेन्सेक्स ४२७ अंकले घटेर ५९,०३७ विन्दुमा र नेशनल स्टक एक्सचेन्जको निफ्टी १४० अंकले घटेर १७,६१७ विन्दुमा बन्द भएको थियो । यद्यपी त्यो दिन बिहान सेन्सेक्स ७०० अंकले गिरावट भएको थियो । अब सोमबार अन्तरराष्ट्रिय बजारले कुन गति लिन्छ रु लगानीकतार्हरू प्रतिक्षारत छन् ।
क्रिप्टोकरेन्सी बजारमा पनि गिरावट
शेयर बजारकासाथ क्रिप्टोकरेन्सी बजार पनि गिरावट भएको छ । नोभेम्बरको रेकर्डपछि बिटक्वाइनको मूल्य करिब ५० प्रतिशतले घटेको छ । चर्चित क्रिप्टोकरेन्सी बिटक्वाइन शनिबार ८ प्रतिशतले गिरावट आएको छ । सो दिन बिटक्वाईनको मूल्य ३५,४७९ डलर पुग्यो जसले नोभेम्बरमा ६८,९९० डलरको स्तर छोएको थियो । बिटक्वाइन मात्र नभएर अन्य क्रिप्टोरकेन्सीको मूल्य पनि घटेको छ ।
आइतबार भने बिटक्वाइन ३५,८७१ डलर बराबरमा कारोबार भइरहेको छ । यस दिन ३ प्रतिशतले वृद्धि भएको छ । २४ घण्टामा सो क्रिप्टोकरेन्सी सबैभन्दा सस्तो ३३,६५५ डलर र सबैभन्दा महंगो ३६,१७७ डलर भयो । एक सातामा बिटक्वाइन १६.८ प्रतिशतले र इथेरियम २५ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया