रू रू जलविद्युत्को ४ लाख ७ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

४ बर्ष अगाडि

काठमाडौं,आइतवार रू रू जलविद्युत् परियोजना लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । 

कम्पनीको ४ लाख ७ हजार ७०५ दशलमव ५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।अव यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिने छ ।

कम्पनीले असोज १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया