काठमाडौ-राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
वित्तिय विवरण अनुसार बैंकले ६ महिनामा एक अर्ब ९१ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ९.७६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले एक अर्ब ७४ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.६८ प्रतिशतले बढेर ४ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ पुगे पनि नेट फि तथा कमिशन आम्दानी भने २९.२२ प्रतिशतले घटेको छ।
यस्तै बैंकको सञ्चालन मुनाफा २.९८ प्रतिशतले बढेर २ अर्ब ४८ करोड ७५ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा बैंकले २ खर्ब ४२ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९५ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निक्षेप संकलन ८.०६ प्रतिशतले घट्दा कर्जा लगानी भने ९.८७ प्रतिशतले बढेको छ।
चुक्ता पूँजी १३ अर्ब ९४ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ४८ करोड रुपैयाँ सञ्चित छ।
यसैगरी, समीक्षा अवधीसम्म बैंकको प्रतिशेयर आम्दानी रु.२७.५४ बाट बढेर रु.३८.८४ पुगेको छ ।
प्रतिक्रिया