कतारको एक कम्पनीले विभिन्न पदका लागि माग्यो नेपाली कामदार, मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - कतारको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । दोहा सहरमा रहेको international heavy equipment and transport कम्पनीले विभिन्न पदका लागि ७७ जना पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ३५ हजार माथिदेखि ७२ हजार बढि पाउनेछ । इच्छुक कामदारले पलाइभ इनटरनेशनल प्रालिको कार्यालय चप्पल कारखाना काठमाडौंमा माघ १६ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क , विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया