गुडिरहेको जीपलाई ढुंगाले किच्यो

४ बर्ष अगाडि

गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुंगाले किच्दा तीन जनाको घटनाथलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा ३५६९ नम्बरको बोलेरोमा सवार तीन जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१ का ७ वर्षिया युनिषा कोइराला, सोही ठाउँका १० वर्षिय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीका ३० वर्षिय हेमबहादुर मगर रहेको प्रहरी निरीक्षक लङ्क श्रेष्ठले जानकारी दिए । उनका अनुसार जीपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन् । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया