सिभिल बैंकको नाफा ५० करोड माथि, प्रतिशेयर आम्दानी कति  ?

४ बर्ष अगाडि

काठमाडौं- सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोसो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ। 

विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सिभिल बैंकले ५० करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४८.४२ प्रतिशतले धेरै हो।गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २० करोड २८ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो।

यस अवधिमा बैंकले १ अर्ब ४६ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.०३ प्रतिशतले बढी हो।

यस्तै बैंकको सञ्चालन मुनाफा पनि १७१.४६ प्रतिशतले बढेर ७३ करोड २२ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यहि अवधिमा बैंकले २६ करोड ९७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६९ करोड ७९ लाख रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको पुससम्ममा बैंकले ९१ अर्ब ६९ लाख रुपैयाँ निक्षेप संकलन गरी ८३ करोड ४२ लाख रुपैयाँ कर्जा लागनी गरेको छ।

चुक्ता पूँजी ८ अर्ब ६४ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५४ करोड रुपैयाँ सञ्चित छ।

यस्तै बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६६ पैसा, प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ३९ पैसा र मूल्य आम्दानी अनुपात २१.८७ गुणा रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया