बढ्दो ओमिक्रोन सङ्क्रमण : प्रधानमन्त्रीको बिहे रद्द

४ बर्ष अगाडि

एजेन्सी - न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नको बिवाहर रद्द भएको छ । उनले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिएकी छन् । 

उनले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिएकी हुन् । बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठूलो भीड हुने गर्छ हाललाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न सुझाव समेत दिएकी छन् । 

त्यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउँन समेत सबैमा आग्रह गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया