६ महिनामा १४१ देशबाट ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाखको वस्तु आयात, सबैभन्दा बढि भारतबाट

४ बर्ष अगाडि

काठमाडौं - चालु आवको पहिलो छ महिनामा नेपालमा १४१ देशबाट ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख मूल्य बारबरका विदेशी वस्तुको आयात भएको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार सो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट सो अवधिमा रु छ खर्ब तीन अर्ब ५४ करोड ५१ लाखको आयात भएको छ । 

भारतपछि चीनबाट ठूलो मात्रामा आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा चीनबाट रु एक अर्ब ४५ अर्ब ९१ करोड ३६ लाख मूल्य बराबरका वस्तु आयात भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया