काठमाडौं, स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रोे त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। चा
वित्तिय विवरण अनुसार आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले एक अर्ब ८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.३६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यहि अवधिमा बैंकले ७२ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४३.९० प्रतिशतले बढेर एक अर्ब ६५ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ। यस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी ५४.५८ प्रतिशत र सञ्चालन मुनाफा ४८.६९ प्रतिशतले बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज पनि समीक्षा अवधिमा एक करोड ७६ लाख रहेको छ।
यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७५ करोड ४६ लाख रुपैयाँ रहेको छ। चुक्ता पूँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ५६ करोड ९८ लाख रुपैयाँ सञ्चित छ।
यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७ पैसाले बढेर २३ रुपैयाँ ५ पैसा कायम भएको छ। त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ २८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.६९ गुणा रहेको छ।
प्रतिक्रिया