काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश संशोधन गरेको छ । बीमा समितिको निर्देशन अनुसार बैंकले लाभांश संशोधन गरेको हो ।
परिमार्जित लाभांश अनुसार अब कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्नेछ ।
यसअघि कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
प्रतिक्रिया