काठमाडौं - एनएमबि बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश आइतवारदेखि जम्मा गरिदिने भएको छ । कम्पनीले पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३.३० प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन लागेको हो ।
कम्पनीले हितग्राही खातामा रहेको बैंक खातामा आइतवारदेखि क्रमशः भुक्तानी गर्न लागेको जानकारी दिएको हो । यस्तै आशा लघुवित्त वित्तीय संस्थाले पनि २५ प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।
कम्पनीले नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङमा सूचीकृत गराई सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा गरिदिएको हो । कम्पनीले कात्तिक ११ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको हो ।
कम्पनीले गत कात्तिक २७ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।
प्रतिक्रिया