६ महिनामा गुडविल फाइनान्सको खुद नाफा र प्रतिशेयर आम्दानी बढ्यो, कति ?

४ बर्ष अगाडि

काठमाडौं - गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्स सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुष मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.७१ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी उल्लेख्य बढेसँगै फाइनान्सको नाफा बढ्न पुगेको हो । विवरण अनुसार सो अवधिसम्ममा फाइनान्सको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३८.३५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १६.८८ प्रतिशत घटेको छ । समीक्षा अवधिमा फाइनान्सको सञ्चालन मुनाफा भने ४२.२२ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ करोड ३६ लाख रुपैयाँ रहेको फाइनान्सको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ करोड ६१ लाख रुपैयाँ रहेको छ । 

उक्त अवधिसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा ८५ लाख रुपैयाँ रहेको छ । नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी १२ रुपैयाँ ८० पैसाबाट बढेर १६ रुपैयाँ ७४ पैसा पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा फाइनान्सको चुक्ता पूँजी ९.१० प्रतिशत बढेको छ भने जगेडा कोष ७.०२ प्रतिशत बढेको छ । सो अवधिमा फाइनान्सको निक्षेप ३.०२ प्रतिशत बढेको छ भने कर्जा ८.६५ प्रतिशत बढेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया