काठमाडौं - मलेसियाले आगामी जनवरी २८ तारेखदेखि विदेशी कामदार भर्ना प्रक्रियाको शुरूवात गर्ने भएपनि कामदारको तलब भने पुरानै कायम गरेकोे छ ।
मलेसियाको सरकारले सन् २०२० को जनवरीदेखि स्थानअनुसार १ हजार २ सय र १ हजार १ सय रिङ्गेट तलब तोकेको छ । मलेसियामा कामदारहरुको तलब न्यूनतम १ हजार ५ सय रिंगिटदेखि २ हजार रिङ्गेट हुनुपर्ने माग कोरोना महामारी अगाडिसम्म चर्को रूपमा उठेको थियोे ।
त्यहाँको संसदमा समेत स्वदेशी तथा विदेशी कामदारका लागि तोकिएको न्यूनतम तलब बढ्दो महँगीको तुलनामा न्यून भएको आवाज उठेको थियो ।
प्रतिक्रिया