फरवार्ड माइक्रोफाइनान्स लाभांश आजबाट शेयरधनीको खातामा जम्मा हुने, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - फरवार्ड माइक्रोफाइनान्स लघुवित्त लिमिटेडले आजदेखि आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गर्ने भएको छ ।

संस्थाको पौष ३० गते, सम्पन्न भएको नवौँ वार्षिक साधारण सभाले पारित गरेको ७ प्रतिशतका दरले नगद लाभांश बुकक्लोज हुनुभन्दा अघिल्लो दिनसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आजदेखि जम्मा गरिने संस्थाले जनाएको छ । 

संस्थाले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया