काठमाडौं - पिपुल्स पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो पाँचौ वार्षिक साधारण सभा माघ २९ गते, शनिबार, कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौँमा बोलाएको हो ।
सभा बिहान ११ बजेदेखि हुनेछ । सभाले सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने गर्ने छ ।
यस्तै लेखापरीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।
प्रतिक्रिया