एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।
शनिबार राति भएको खेलमा युनाइटेडको जितका लागि इन्जुरी समय मार्कुस रासफोर्डले निर्णायक गोल गरे । इन्जुरी गोलसँगै वेस्ट ह्याम युनाइटेड म्यानचेस्टरसँग १-० ले पराजित भएको हो ।
जितसँगै युनाइटेडले ३८ अंक बनाएको छ । २२ खेल खेलेको युनाइटेड चौंथो स्थानमा उक्लिएको छ । वेस्ट ह्यम भने ३७ अंकसहित पाँचौं स्थानमा छ ।
यस्तै लिग लिडर म्यानचेस्टर सिटी घरेलु टोली साउथह्यामटनसँग बराबरीमा रोकिएको छ । सेन्ट मेरी स्टेडियममा दुवै टोलीले १-१ को बराबरी खेलेका हुन् ।
सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली अंक बाँड्न बाध्य बन्यो । खेलको सातौं मिनेटमा काइल वाकर पिटर्सले गोल गर्दै साउथह्यामटनलाई सुरुवाती अग्रता दिलाएका थिए ।
६५औं मिनेटमा एमिरिच लापोर्टेले सिटीका लागि बराबरी गोल फर्काए । त्यसपछि थप गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडेका हुन् ।
यो नतिजासँगै शीर्ष स्थानमा कायम रहेको सिटीले २३ खेलमा ५७ अंक जोड्दा साउथह्यामटन २२ खेलबाट २५ अंकका साथ १२औं स्थानमा छ ।
प्रतिक्रिया