काठमाडौं - जीवन तथा निर्जीवन बीमा कम्पनीहरूमा विसं २०८१ देखि जोखिममा आधारित चुक्ता पूँजी (रिक्सबेस क्यापिटल) लागू गरिने भएको छ ।
अहिले बीमा कम्पनीहरूमा नियमन पूँजी ९नियामक निकायले तोकेको न्यूनतम पूँजी० हुनुपर्ने व्यवस्था छ, अब भने जोखिममा आधारित पूँजी बनाउने गरी बीमा समितिले प्रक्रिया अगाडि बढाएको हो ।
समितिले अन्तरराष्ट्रिय अभ्यास र यसको महत्त्वलाई दृष्टिगत गरेर कम्पनीहरूमा जोखिममा आधारित पूँजी कायम गर्ने प्रक्रिया अगाडि बढाएको हो । बीमा कम्पनीहरूमा अहिलेको जस्तै न्यूनतम नियमन पूँजी हुनुपर्ने व्यवस्था पनि यथावत् राखिनेछ ।
अहिले जीवन बीमा कम्पनीको २ अर्ब र निर्जीवन बीमा कम्पनीको १ अर्बको न्यूनतम चुक्ता पूँजी हुनुपर्ने व्यवस्था छ । अब नियमन पूँजीको त्यो सीमासमेत बढाउने समितिको तयारी छ ।
समितिले बीमा कम्पनीहरूमा जोखिममा आधारित पूँजी कायम गर्ने गरी प्रक्रिया अगाडि बढाएको जनाएको छ । यसका लागि विश्व बैंकसँग पनि सहकार्य गरिरहेको बताइएको छ ।
प्रतिक्रिया