६ महिनामा १० विकास बैंकले कमाए ३ अर्ब २८ करोड ७७ लाख नाफा

४ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको ६ महिनामा १० वटा विकास बैंकले कूल तीन अर्ब २८ करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । 

गत आवमा दुई अर्ब ८६ करोड ६१ लाख मुनाफा गरेका यी बैंकहरुले यस वर्षको दोस्रो त्रैमासिक समीक्षा अवधीमा १४।७१ प्रतिशतले मुनाफा बृद्धि गर्न सफल भएका छन् ।

अर्ध बार्षिक वित्तीय विवरण प्रकाशन गरेका १० वटा ख बर्गका विसका बैंकहरु मध्ये मुनाफाको आधारमा लुम्बिनी विकास बैंक, सांग्रिला विकास बैंक र महालक्ष्मी विकास बैंकको मुनाफा बृद्धिदर सबैभन्दा उच्च देखिएको छ ।

हालसम्म सांग्रिला, मुक्तिनाथ, गरिमा, महालक्ष्मी, शाईन रेसुंगा, ज्योति, कामना सेवा, मिलेरी, सिन्धु र लुम्बिनी विकास बैंकले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरिसकेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया