सरोगेसीको माध्यमबाट आमा बनिन् प्रियंका, के हो सरोगेसी ?

४ बर्ष अगाडि

एजेन्सी - नायिका प्रियंका चोपडा तथा पप गायक निक जोनस सरोगेसीको माध्यमले आमा बनेका छन् । यो कुराको जानकारी प्रियंका आफैंले शुक्रबार अबेर राती सोसल मिडिया पोस्ट सेयर गरिन् । यद्यपि, नायिकाका छोरा भएको हो कि छोरी भएको भन्नेबारे जानकारी उनले पोस्टमा दिएकी छैनन् । यूएसको वेबसाइट यूएस विकली रिपोर्टका अनुसार प्रियंका छोरीकी आमा बनेकी हुन् । 

१२ हप्ता अघि नै आमा बनिन् प्रियंका
टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार प्रियंकाकी छोरीको जन्म डाक्टरले दिएको मितिभन्दा १२ हप्ता अघि भएको थियो । यी दुईको बच्चा लास भेगासको बाहिरी इलाका सदर्न क्यालिफोनिर्याको एउटा अस्पतालमा भएको हो । समय अगावै बच्चा जन्मिएको कारण बच्चा केही कमजोर छ । निक–प्रियंकाले जबसम्म बच्चा पूर्ण रुपमा स्वस्थ हुँदैन तबसम्म छोरीलाई अस्पतालमै राख्ने निर्णय गरेका छन् । 

प्रियंकाले सेयर गरिन् पोस्ट
प्रियंकाले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘हामीले सरोगेसीमार्फत् हाम्रो जीवनमा एक बच्चालाई स्वागत गरेको कुरा बताउन पाउँदा हामी असाध्यै खुसी छौँ । यतिबेला हाम्रो परिवारको गोपनियतालाई ध्यानमा राखिदिन सम्मानपूर्वक आग्रह गर्छौँ ।’

प्रियंकाले बच्चाको योजनाबारे बताएकी थिइन्
प्रियंका चोपडाले ‘द जोनस ब्रदर्स फ्यामिली रोस्ट’ शोको क्रममा निकसँग बच्चाको योजनाबरे केही कुरा बताएकी थिइन् । निकले दाजुहरुको उदाहरण दिँदै शोमा ठट्यौली पारामा भनिन्, ‘हामी एक्लो यस्तो जोडी हौँ जसको अहिलेसम्म बच्चा भएको छैन । 

यसैकारण आज हामी सबैको अगाडि यो बताउन चाहन्छौँ कि म र निक बच्चाको योजना बनाइरहेका छौँ ।’ त्यसपछि प्रियंकाले भनिन्, ‘म बेबीसिट गर्न चाहन्नँ ।’ प्रियंका र निकले सन् २०१८ डिसेम्बर २ मा विवाह गरेका थिए । 

के हो सरोगेसी ?
सरोगेसी (कोख भाडामा दिने) कानुनी रुपमा बाँधिएको एउटा समझोैता हो। जहाँ एक महिला ९कोख भाडामा दिने आमा० र अन्य ब्यक्तिहरू बीच भएको सम्झोैता अनुरुप बच्चा जन्माउन राजी हुन्छन्, बच्चाको जन्म भइसकेपछि उक्त बच्चाप्रतिको उनको दायित्व समाप्त हुन्छ । 

विभिन्न कारणले मानिसहरूले यो तरिकाको प्रयोग गरेर बच्चा जन्माउने गर्छन् । कसैको पाठेघरमा वा अन्य शारिरिक कारणले बच्चा जन्माउन नसक्ने अवस्था, अथवा एक पुरुष जोडीले या महिला जोडीले बच्चा जन्माउने चाहना राख्दा वा यस्तै कुनै अवस्थामा मानिसहरूले सरोगेसीको मद्दत लिन्छन् वा व्यवस्था खोज्छन् । सरोगेसी विभिन्न प्रजनन प्रविधिहरूद्वारा सम्पन्न गरिन्छ ।

गैरकानुनी हो की ?
कसैले शुल्क लिएर वा नलिएर पनि सरोगेसीबाट बच्चा जन्माउन तैयार हुन्छ । भाडामा कोख दिनु पनि एउटा व्यापार नै मान्नु पर्छ । संसारभरि यस सम्बन्धी नियममा फरकपन पाइन्छ । यो प्रक्रियाबाट बच्चा जन्म दिनु कतिपय देशमा कानुन सम्मत छ भने कतिपय देशमा यो गैरकानुनी छ । नेपालमा यो गैर कानुनी हो । बच्चा जन्म दिने महिलाले आफ्नै अण्डको प्रयोग गरेर गर्भ बोक्ने एउटा तरिका हो भने अर्को तरिकामा बाहिरबाट शुक्राणु र डिम्ब ती महिलामा प्रत्यारोपण गरिन्छ।

समस्या
प्राय गरेर सरोगेसीमा कुनै समस्या आएको देखिदैन तर सन २०१४ मा थाइल्यान्डमा भएको ग्यामी भन्ने बच्चाको घटनाले विश्वमा हलचल ल्याएको थियो । जुम्ल्या बच्चामध्ये रोगी बच्चालाई स्विकार नगरेर स्वस्थ्य बच्चालाई मात्र अस्ट्रेलिया लगेका थिए । यसले एउटा तरंग ल्याएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया