पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्रै ३७६३ मा कोरोेना पुष्टि, उपत्यकामा ४७ हजार सक्रिय संक्रमित

४ बर्ष अगाडि

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौँमा सबैभन्दा बढी ३ हजार ७६३ जना सङ्क्रमित थपिएका छन् । 

त्यसपछि ललितपुरमा १ हजार ११० तथा भक्तपुरमा ४३४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २० हजार १८७ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर १० हजार २५४ जनामा संक्रमण देखिएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ रहेको छ । काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ४७ हजार २४ छ । 

त्यसमध्ये काठमाडौंमा मात्रै ३४ हजार १५९ जना सक्रिय संक्रमित छन् । हाल ललितपुरमा आठ हजार २२० र भक्तपुरमा चार हजार ६४५ सक्रिय संक्रमित छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया