पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जनाको मृृत्य, २१ देखि ३० वर्ष उमेरका सबैभन्दा धेरै संक्रमित

४ बर्ष अगाडि

काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १६ जनाको मृृत्यु भएको छ । 

हालसम्म देशमा ११ हजार ६ सय ५१ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् । नेपालमा प्रति दश लाख जनसङ्ख्या ३८३।५ जनाको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।

यस्तै पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना पुष्टि भएको छ । नयाँ सङ्क्रमितहरू मध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका छन् । यो उमेर समूहबाट २ हजार ८७० जना सङ्क्रमित भएका छन् । 

त्यस्तै, ३१ देखि ४० उमेर समूहबाट २ हजार २४४ जना सङ्क्रमित छन् । १० वर्षभन्दा कमका १ सय ४६ जना सङ्क्रमित थपिएका छन् ।  

४ बर्ष अगाडि

प्रतिक्रिया