लाईफ ईन्स्योरेन्स कर्पोरेशनद्धारा ६ लाख बीमा दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं -  लाईफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले  करिब ६ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको दमौली शाखाले उक्त दाबी भुक्तानी गरेको हो । 

बन्दिपुर गाउँपालिका–२ बन्दिपुरका बीमित स्व। विकाश बिश्वकर्माको परिवारलाई शुक्रबार उक्त रकम हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । 

मृतक विकासले तीन बर्ष अघि पाँच लाख रुपैयाँको जीवन बीमा गरेका थिए । विकासको निधन पछि उनकी धर्मपत्नी सीता बिश्वकर्मालाई कम्पनिले ५ लाख ८९ हजार रूपिया दाबी भुक्तानी गरेको हो । 

बिकाशको २०७८ वैशाख १९ गते बिरामी भइ उपचारको क्रममा निधन भएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया