काठमाडौं - सन नेपाल लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम् ७५ रुपैयाँसम्म पाइनेछ ।
कम्पनीको सन लाइफ सावधिक जीवन बीमामा न्यूनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइने छ । त्यस्तै, भाग्योदय जीवन बीमालेख एकल भुक्तानी सावधिकमा पनि न्यूतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइनेछ । त्यसैगरी, बालसमृद्धि बीमालेख सावधिक जीवन बीमालेखमा न्यूनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइने छ ।
त्यसैगरी, नविन आजिवन बीमालेख सावधिक जीवन बीमालेखमा न्यूनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइने छ । आज सार्वजनिक गरिएको चारै प्रकारका बीमालेखमा नौ वर्षसम्मको बीमालेखमा ३० रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनस पाइने छ भने १४ वर्षसम्मको बीमालेखमा पनि ३० रुपैयाँ, १९ वर्षसम्मको बीमालेखमा ४० रुपैयाँ, २४ वर्षसम्म अवधीमा बीमालेखमा ६० रुपैयाँ र २५ वर्षभन्दा माथि अवधीको बीमा गर्दा ७५ रुपैयाँ बोनस पाइनेछ ।
यस्तै महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लागि नयाँ बोनस दर घोषणा गरिसकेको छ । कम्पनीले न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीको महालक्ष्मी सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५० रुपैयाँ देखि अधिकतम ७२ रुपैयाँसम्म बोनस पाउनेछन ।
कम्पनीले महालक्ष्मी सरल जीवन बीमा र महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा बीमा अवधिको आधारमा न्युन्तम ५० रुपैयाँ र अधिकतम ५१ रुपैयाँ बोनस दिनेछ । यस्तै कम्पनीले महालक्ष्मी वार्षिक धन फिर्ता बीमा योजनामा ४० रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा ५० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।
प्रतिक्रिया