डिम्याट खाता खोल्नेको सङ्ख्या ५० लाख नजिक,  ३९ लाख १७ हजार बढि मेरो सेयरको पहुँचमा

४ बर्ष अगाडि

काठमाडौं - नेपालमा डिम्याट खाता खोल्नेको सङ्ख्या ५० लाख नजिक पुगेको छ । सीडीएसी क्लियरिङ हाउसका अनुसार आजसम्म ४८ लाख ५ हजार ८२० जनाले डिम्याट खाता खोलेका छन् ।

यस्तै, अहिलेसम्म ३९ लाख १७ हजार ४४० जनाले मेरो सेयर खाता खोलिसकेका छन् । नेपालमा वि।स। २०७६ साल अन्तिमदेखि कोरोना महामारी फैलिएपछि सेयर बजार प्रति सर्वसाधारणको चासो बढेको छ ।

सेयर बजारले यही अवधिमा अहिलेसम्मकै उच्च बिन्दु ३१ सय ९८ अङ्कको नयाँ कीर्तिमान बनाएको थियो । यस्तै, दैनिक २१ अर्ब रुपैयाँ बराबरसम्मको कारोबार भएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया