काठमाडौं - उत्तर कोरियाले नेपाल आउने आफ्ना नागरिकले प्रवेशाज्ञा (भिसा) पाउन झन्झट बेर्होनु परेको गुनासो गरेको छ।
नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले नेपाल आउन खोज्ने र नेपालमा व्यापार गर्दै आएका उत्तर कोरियाली नागरिकलाई भिसा दिने प्रक्रियामा सहजीकरण गरिदिन आग्रह गरेका हुन्।
गृहमन्त्री रामबहादुर थापासँग मन्त्रालयमा भएको भेटमा राजदूत जोले उत्तर कोरियाली नागरिकलाई भिसा पाउन झन्झटिलो हुने भएकाले भिसा दिने प्रक्रियालाई सहज बनाइदिन आग्रह गरेका हुन्।
पुस पहिलो साता पत्नीसहित नेपाल आएका राजदूत जोे राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजनीति भेटघाटमा व्यस्त छन्।
भेटमा गृहमन्त्री बादलले पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा व्यक्त गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। अन्नपूर्ण पाेस्टमा खबर छ ।
प्रतिक्रिया