कुवेतको एक कम्पनीले माग्यो नेपाली महिला कामदार, मासिक तलब तथा सेवा सुविधा कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं - कुवेतको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । कुवेतको एक सहरमा रहेको glamor spa and health institute co. कम्पनीले विभिन्न पदका लागि १७ जना महिला कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ३५ हजार माथिदेखि ५१ हजार बढि पाउनेछ । इच्छुक कामदारले  destiny human resource nepal pvt. ltd को कार्यालय काठमाडौंमा माघ १४ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै  हवाई टिकट, भिसा शुल्क , विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया