काठमाडौं - नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा यो साता दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नाडेप लघुवित्त र प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो ।
नाडेप लघुवित्त वित्तीय संस्था
नाडेप लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य नेप्सेमा समायोजन भएको छ । नेप्सेले लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ८६५ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड
नेप्सेमा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । स्टकका अनुसार कम्पनीको १४.२५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ६१ रूपैयाँ ७१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य एक हजार २ सय १३ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया