आकर्षक रोजगारी खोजीदिने भन्दै वैदेशिक रोजगारका लागि ‘भिजिट भिसा’मा लैजाने क्रम ह्वात्तै बढ्यो, माघ १० गतेदेखि रोक

३ बर्ष अगाडि

काठमाडौं - आकर्षक रोजगारी खोजीदिने भन्दै वैदेशिक रोजगार ऐनले तोकेको प्रक्रिया पूरा नगरी भ्रमणका लागि जारी हुने ‘भिजिट भिसा’मा लैजाने क्रम पहिलेदेखि रहे पनि पछिल्ला दिनमा दुबई एक्स्पोमा सुरक्षा गार्डको राम्रो तलब पाइन्छ भन्दै आश्वासन दिएर युएई पठाउने क्रम ह्वात्तै बढेको छ । 

नेपालबाट भिजिट भिसामा यूएई जाँदा तीन लाख रूपैयाँसम्म असुल्ने गरिएको पीडितहरूको भनाइ छ । भिजिट भिसाको धन्दामा राजधानीका केही ट्राभल एजेन्सी र एयरलाइन्स पनि संलग्न रहेको वैदेशिक रोजगार व्यवसायीहरूको दाबी छ ।

यूएईमा उच्च दक्ष कामदारहरूले मात्र स्थानीय स्तरमा कम्पनी परिवर्तन गर्दै स्वतन्त्ररूपमा रोजगारी पाउने गरेका छन् । तर, भिजिट भिसामा गई स्वतन्त्रपूर्वक कम्पनी परिवर्तन गर्दै आकर्षक तलबमा काम गर्न पाइने भन्दै दलालहरूले म्यानपावर कम्पनीबाट जाँदा समय लाग्ने र म्यानपावर कम्पनीलाई भिसा पठाउन पनि ढिला गर्ने भन्दै भड्काएर प्रलोभनमा पार्ने गरेका छन् । 

यस्तै सरकारले भिजिट भिसामा खाडी तथा मलेसिया जान रोक लगाएको छ । गृह मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै माघ १० गतेदेखि अर्को सूचना नभएसम्मका लागि भिजिट भिसामा खाडीका मुलुक र मलेसिया जान रोक लगाउने निर्णय गरेको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया