डा. केसीको स्वास्थ्य कमजोर भएको छ, तर गम्भीर छैन : त्रिवि शिक्षण अस्पताल

७ बर्ष अगाडि

काठमाडौं– शुक्रबार बिहान इलामबाट काठमाडौं ल्याइएका डा गोविन्द केसीको स्वास्थ्य खस्किए पनि गम्भीर नरहेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ– अस्पताल निर्देशक प्राडा प्रेम खड्काले केसीको अवस्था बाहिर आएजस्तो गम्भीर नभएको बताए । तर, स्वास्थ्य कमजोर भएको उनको भनाइ छ ।

इलाम अस्पतालमा अनशनमा रहेका केसीको अवस्था गम्भीर भएको भन्दै रातारात नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।

 केसीको उपचारका लागि सातजना चिकित्सकको मेडिकल टिम गठन गरिएको छ । शिक्षण अस्पतालका आइसियू इन्चार्ज डा. सुवास आचार्यको नेतृत्वमा टिम गठन गरिएको हो । 

७ बर्ष अगाडि

प्रतिक्रिया