मेगा बैंकको कमायो १ अर्ब ३९ लाख बढी नाफा, १६ अर्ब १२ करोड चुक्तापुँजी हुदाँ प्रतिशेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं, मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

वित्तिय विवरण अनुसार गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३० करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ जुन गत वर्षको सोहि अवधिको तुलनामा ७१.६८ प्रतिशतले धेरै हो।

बैंकको खुद ब्याज आम्दानी भने २ प्रतिशतले घटेको छ। सञ्चालन आम्दानी ४ प्रतिशतले घटेको छ। 

१६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ७१ करोड रुपैयाँ छ।

बैंकको निक्षेप संकलन ३४ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४ प्रतिशतले बढेर १ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ।

बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ६ पैसा छ।

४ बर्ष अगाडि

प्रतिक्रिया