सेञ्चुरी बैंकले ७२ करोड २१ लाख नाफा कमाउदा माछापुच्छ्रे बैंकको २५।९२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक र माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

सेञ्चुरी कमर्सियल बैंक
 सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७२ करोड २१ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा उक्त नाफा ५४।७७ प्रतिशतले बढेको हो । 

गत आवको यसै अवधिमा बैंकले ४६ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चुक्ता पूँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रहेको बैंकको वार्षिक प्रतिसेयर आम्दानी बढेर १५.१२ रुपैयाँ पुग्दा प्रतिसेयर नेटवर्थ १२१.१९ रुपैयाँ, खराब कर्जा अनुपात १.३१ प्रतिशत, क्र्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९.४३ प्रतिशत, कस्ट अफ फण्ड ६.८२ प्रतिशत, आधार दर ८.८२ प्रतिशत र मूल्य आम्दानी अनुपात (पीई रेसियो) १६.७८ गुणा छ ।

वित्तीय विवरण अनुसार अनुसार बैंकले पुस मसान्तसम्ममा ९२ अर्ब १९ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब २० करोड ८५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आवको यहि अवधिमा बैंकले ९३ अर्ब ४९ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ७ करोड ८३ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

पुस मसान्तसम्मा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २९ करोड २० लाख रुपैयाँ पुगेको छ । गत आवको यहि अवधिसम्म १ अर्ब २२ करोड ३ लाख रुपैयाँ रहेको थियो । गत आवको पुसमा ६३ करोड ४४ लाख रुपैयाँमा सीमित बैंकको सञ्चालन मुनाफा ६९.११ प्रतिशतले बढेर १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषको अकार १८.२५ प्रतिशत बढेर १ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा १ अर्ब ३२ करोड रुपैयाँ सञ्चित थियो ।

माछापुच्छ्रे बैंक लिमिटेड
माछापुच्छ्रे बैंक लिमिटेडको खुद नाफा २५।९२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको यसै अवधिमा ८० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब १ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको हो ।

दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ६४ करोड ४७ लाख रुपैयाँ रहेको छ । चुक्ता पूँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रहेको बैंकको वार्षिक प्रतिसेयर आम्दानी १५.६५ बाट बढेर १९.७१ रुपैयाँ पुग्दा प्रतिसेयर नेटवर्थ १३४.५० रुपैयाँ, खराब कर्जा अनुपात ०.५७ प्रतिशत, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.२१ प्रतिशत, कस्ट अफ फण्ड ६.७८ प्रतिशत, आधार दर ८.७९ प्रतिशत र मूल्य आम्दानी अनुपात (पीई रेसियो) १६.८४ गुणा छ ।

पुस मसान्तसम्ममा बैंकले १ खर्ब ३७ अर्ब ४९ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३१ अर्ब ९९ करोड ७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ३१ अर्ब ६१ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब ५७ करोड २० लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

पुस मसान्तसम्मा बैंकको खुद ब्याज आम्दानी २ अर्ब २४ करोड ८७ लाख रुपैयाँ पुगेको छ । गत आवको यहि अवधिसम्म १ अर्ब ९८ करोड ८४ लाख रुपैयाँ रहेको थियो । गत आवको पुसमा १ अर्ब १५ करोड ५१ लाख रुपैयाँमा सीमित बैंकको सञ्चालन मुनाफा २५.६३ प्रतिशतले बढेर १ अर्ब ४५ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

बैंकको जगेडा कोषको अकार १४.१८ प्रतिशत बढेर २ अर्ब ८६ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा २ अर्ब ५० करोड ८५ लाख रुपैयाँ रुपैयाँ सञ्चित थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया