काठमाडौं, प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा रहेको छ ।
बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाहरुले सूचना प्रकाशित भएको आज देखि १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।
आवेदन कम्पनीको सचिव कार्यालयमा आवेदन दिन सकिनेछ । बैंकले बिक्रीमा ल्याएको शेयरको कित्ता भने खुलाएको छैन ।
प्रतिक्रिया