प्रभु बैंकको नाफा एक अर्ब २६ करोड २० लाख बढि, अन्य सूचक कति ?

४ बर्ष अगाडि

काठमाडौं - प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा  एक अर्ब २६ करोड २० लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १६.९० प्रतिशतले घटेको हो । गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब ५१ करोड ८६ लाख ८४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी भने ४.७८ प्रतिशतले बढेर २ अर्ब ८२ करोड ५० लाख २ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी २ अर्ब ६९ करोड ६० लाख २५ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा १२.९९ प्रतिशतले घटेर एक अर्ब ८६ करोड ८१ लाख २० हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब १४ करोड ६९ लाख ६२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ५३ करोड ६१ लाख ८७ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयाँ र जगेडा कोषमा ४ अर्ब ८३ करोड ६ लाख ८२ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ९ ईपीएस० ६ रुपैयाँ ९१ पैसाले घटेर ३९ रुपैयाँ ७२ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ५४ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया