काठमाडौं - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साभा भर्चुअल माध्यमबाट धादिङ्ग क्रिक रिसोर्ट धादिङ्गबेसी सम्पन्न भएको हो ।
सभाले कम्पनीको २०७८ आषाढ मसान्तसम्म कायम रहेको चुक्ता पूँजी ४१ करोड ९१ लाख को ५ प्रतिशतले हुन आउने नगद लाभांश र ४० प्रतिशतले हुन आउने बोनस गरी कुल ४५ प्रतिशत लाभांश पारित गरेको छ ।
बोनस सेयर पश्चात् कम्पनीको चुक्ता पूँजी ५८ करोड ६७ लाख पुगेको छ । साथै, सभाले संस्थाको हालको अधिकृत पुँजी ५० करोडबाट वृद्धि गरी ७० करोड पुर्याउने विशेष प्रस्ताव समेत पारित गरेको छ ।
संस्थाले हालसम्म १० अर्ब ५३ करोड कर्जा लगानी गरी २ अर्ब ८३ करोड बराबर ग्राहक सदस्यहरुबाट बचत संकलन गरेको छ ।
प्रतिक्रिया