एभरेष्ट बैंकको नाफा १२.७९ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी रु.१७.७२ हुदाँ अन्य सूचक के कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं-एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

वित्तिय विवरण अनुसार गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ९६ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ८३ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ जुन गत वर्षको सोहि अवधिको तुलनामा १२.७९ प्रतिशतले कम हो। बैंकको वितरण योग्य नाफा भने २ अर्ब रुपैयाँभन्दा धेरै छ।

बैंकको खुद ब्याज आम्दानी भने १२ प्रतिशतले बढेको छ। ब्याज आम्दानी बढेपनि सञ्चालन आम्दानी घट्दा बैंकको नाफामा असर परेको हो।

९ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ३० करोड रुपैयाँ छ।
बैंकको निक्षेप संकलन ३ प्रतिशतले बढेर १ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ।

बैंकको प्रतिशेयर आम्दानी घटेर १७ रुपैयाँ ७२ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ २२१ रुपैयाँ ११ पैसा छ।

४ बर्ष अगाडि

प्रतिक्रिया