छिमेक लघुवित्तले ८३ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैकले संस्थापक समूह तर्फको ८३ हजार कित्ता शेयर बिक्री गर्ने भएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य ८ सय रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्ने चाहने इच्छुक व्यक्ति तथा संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रिय कार्यालय  बानेश्वर काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने सक्नेछन् ।

तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया