महालक्ष्मी विकास बैंकको नाफा ४५ करोड ६२ लाख ९२ हजार, प्रतिसेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ४५ करोड ६२ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३१.५५ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा बैंकले ३४ करोड ६८ लाख ७१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि १.६५ प्रतिशतले बढेर ८६ करोड २४ लाख ३४ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ८४ करोड ८४ लाख ४१ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ४१.३६ प्रतिशतले बढेर ६८ करोड ४ लाख ५१ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ४८ करोड १३ लाख ६९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, बैंकको चुक्ता पुँजी ३ अर्ब ३४ करोड २४ लाख २ हजार रुपैयाँ र जगेडा कोषमा एक अर्ब २ करोड ६२ लाख ४ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २७ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ४० पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया