सन नेपाल लाइफको बोनस दर सार्वजनिक, न्यूनतम १८ रुपैयाँदेखि अधिकतम कति ?

४ बर्ष अगाडि

काठमाडौं, सन नेपाल लाइफका इन्स्योरेन्सले बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६र७७ को बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट पुस ३० गते स्वीकृत भएपछि बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम १८ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सनलाइफ सावधिक जीवन बीमा लेख, भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावधिक), बाल समृद्ध जीवन बीमालेख (बालवालिकाको सावधिक जीवन बीमा) र नवीन आजीवन बीमालेख (सावधिक तथा आजीवन) मा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन ।

सार्थक आजीवन बीमालेख (अग्रिम भुक्तानी तथा आजीवन) मा ३८ रुपैयाँ, सिमिति अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधिक बीमा योजनाहरु ९धनलक्ष्मी बीमा योजना समेत० मा २० रुपैयाँ देखि ३० रुपैयाँ सम्म बोनस पाउनेछन् ।

यस्तै धनञ्जय बार्षिक अग्रिम भुक्तानी जीवन बीमामा बीमिले बीमा अवधि अनुसार न्युनत १८ रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनस पाउनेछन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया